‘वाडा अटो शो’को तयारी तीव्र, केभ टु केभ मोटर ¥याली

पाेखरा | चैत १३, २०८१

‘वाडा अटो शो’को तयारी तीव्र, केभ टु केभ मोटर ¥याली

पोखरा:   नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को तयारी तीव्र पारिएको छ । 


कार्यक्रमको प्रचारप्रसारकै क्रममा आयोजकले मंगलबार पुनः मोटर र्यालीको आयोजना गरेको कार्यक्रमका प्रचार संयोजक एवम आयोजक संस्थाका महासचिव विनय थापाले जानकारी दिए ।  


अमरसिंहचोकबाट शुरु भएको मोटर ¥याली छोरेपाटनको गुप्तेश्वर महादेव गुफा, लेकसाइड, बाटुलेचौर हुदै महेन्दगुफा पुगेको थियो । पोखरा भ्रमण बर्षको सन्दर्भ पनि रहेकोले पोखराका पर्यटकिय गन्तव्यहरुमा मोटर र्यालीको गरेको उनले बताए ।  र्यालीमा ४० वटा गाडी सहभागी थिए । मोटर र्याली अमरसिंहचोकमा आएर समापन भएको थियो ।


कार्यक्रमको पुर्व सन्ध्यामा तयारीका साथै विभिन्न रचनात्मक कार्यक्रम गरेको आयोजकले बुधबार सरसफाइ कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक निरन केसीले बताए । सरसफाइ कार्यक्रम पोखरा नयाबजारबाट शुरु भइ पृथ्वीचोकमा पुगेर सम्पन्न हुनेछ ।


चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो सो हुदैछ ।


प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् ।  


प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन ।  
 

अटो सोमा बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज स्पन्सर अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने  छ  ।  प्रदर्शनी अवलोकन गर्न आउने महानुभावहरूले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । ४ दिनसम्म चल्ने अटो शोलाई ३५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकले  लिएका छन ।

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्